Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा र नाजिरको ५ वर्षे मित्रता

फिल्मीखबर, काठमाडौं, 2020/08/19
 
फिल्म क्षेत्रमा मित्रता र दुश्मनी स्थायी रहँदैन भन्ने गरिन्छ । यो रंगिन दुनियाँमा मित्रता र सम्बन्धहरु समय, परिस्थिति र हैसियतका हिसाबले बदलिरहन्छन् । वर्षौदेखिको मित्रता दुश्मनीमा परिणत भएका र एकअर्काको नाम समेत सुन्न नचाहने फिल्मकर्मीबीच घनिष्ट मित्रता कायम भएका यहाँ कयैन् उदाहरण छन् । कतिको मित्रतालाई भने उदाहरणको रुपमा पनि लिने गरिन्छ । 
 
अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता नाजिर हुसेनकै कुरा गर्ने हो भने उनीहरुबीच घनिष्ट मित्रता छ, ५ वर्षदेखि । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट उनीहरुले एकसाथ अभिनय करिअर सुरु गरेका थिए । यो फिल्ममा नाजिरले मधेशी युवकको भूमिका निर्वाह गरेका थिए भने स्वस्तिमा सोझी र लजालु युवतीको भूमिकामा थिइन् । फिल्ममा दुवैको भूमिका र अभिनयको प्रशंसा भएको थियो ।
 
‘होस्टेल रिर्टन्स’ रिलिज भएको पाँच वर्षमा नाजिर र स्वस्तिमाले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । र, उनीहरुको मित्रताको गाँठो पनि कसिलो हुँदै गएको छ । तर, दोस्रो पटक उनीहरुले फिल्ममा स्क्रिन साझेदारी गर्न पाएका छैनन् । हालै यी दुईले म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका छन् । त्यसमा स्वस्तिमाले नाजिरको सालीको भूमिका निभाएकी छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Cheers to 5 years of friendship with this monkey. 🐒 @najirhusenofficial

A post shared by Swastima Khadka (@swastimakhadka) on

 
स्वस्तिमाले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूहरुबीच ५ वर्षदेखि मित्रता रहेको उल्लेख गरेकी छन् । उनले नाजिरलाई बाँदरको रुपमा सम्बोधन गर्दै लेखेकी छन्, ‘यो बाँदरसँग ५ वर्षको मित्रता छ ।’ उनको यो पोस्टमा नाजिरले ‘चेयर्स’ भनेर लेखेका छन् । कलाकारबीच सुमधुर सम्बन्ध स्थापित नहुन नसकेको अवस्थामा स्वस्तिमा र नाजिरको मित्रता साँच्चै उदाहरणीय छ ।
Most Visited News (monthly)