Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्लिम नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2020/08/19
 
कोरोना भाइरसका कारण सरकारले गरेको चार महिना लामो लकडाउनमा मोटाएर चिन्तित भएका अभिनेत्रीहरुले आफ्नो शरीर स्लिम बनाउन सदुपयोग गरे । केही अभिनेत्री भने जिमखाना बन्द हुँदा तौल बढेकोमा चिन्तित देखिए । रेखा थापा, केकी अधिकारी, शिल्पा पोखरेलसँगै नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठले भने लकडाउनको समयमा स्लिम शरीर बनाएका छन् । 
 
फिल्म ‘गाँठो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी नम्रताले लकडाउनयता व्यायमलाई निरन्तरता दिँदै आएकी छन् । उनले दिनहुँ सामाजिक सञ्जालमा डम्बेल उठाएका र घरभित्रै व्यायम गरेका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । लकडाउनमा नम्रताले व्यायम गरेर केही केजी तौल घटाएकी छन्, जुन उनले फेसबुक र इन्स्टाग्राममा पोस्ट्याएका तस्विरबाट अनुमान लगाउन सकिन्छ ।
 
उनी पछिल्लो पटक फिल्म ‘माछा माछा’ मा देखिएकी थिइन् । फिल्ममा उनी सोलो अभिनेत्रीको रुपमा थिइन् तर भूमिका सशक्त थिएन । न त अभिनय नै सम्झनलायक थियो । योभन्दा अगाडि उनले ‘जानी नजानी’ नामक फिल्ममा पनि अभिनय गरेकी थिइन् । तर, कुनै पनि फिल्मले उनलाई हिटको सुख दिन सकेन । अहिले उनी फिल्मविहीन छिन् । व्यायम नै दिन काट्ने बाटो बनेको छ ।
 
नामका कारण दर्शकले उनलाई ‘प्रसाद’ की नम्रता श्रेष्ठ सम्झने गरेका छन् । एकातिर फिल्म नचल्नु र अर्कोतिर नेपाली फिल्मकी स्थापित अभिनेत्रीसँग नाम मिल्नुले नम्रतालाई आफ्नो बेग्लै पहिचान बनाउन मुश्किल भएको छ । अभिनेता नाजिर हुसेनसँग नाम जोडिएका कारण चर्चामा रहेकी उनले लकडाउनमा बनाएको जिरो फिगर फिल्ममा चाहिँ कहिले काम आउला ? हेर्न बाँकी छ ।
Most Visited News (monthly)