मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलले `जेरी` निर्देशकको फिल्म नगर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
निर्देशक हेमराज बिसीले अहिलेका स्टार अभिनेता अनमोल केसीलाई 'होस्टल' फिल्मबाट रजतपटमा भित्र्याए । यो फिल्मको सफलतासँगै हेमराजले 'जेरी' फिल्म बनाएर अनमोललाई अर्को हिट फिल्म दिए । यिनै निर्देशकको अर्को फिल्मलाई अनमोलले नगर्ने मुड बनाएका छन् । 
 
 
अाउँदो फागुन महिनाबाट सुटिङ गर्नेगरी तयारी गरिएको हेमराजले निर्देशन गर्ने 'ग्याङस्टार ब्लुज'बाट अनमोलले हात झिक्ने तयारी गरेका हुन् । आफ्नै पिता भुवन केसीले निर्देशन गर्न लागेको फिल्म 'ड्रिम्स'सँग 'ग्याङस्टार ब्लुज'को सुटिङ तालिका जुधेपछी अनमोल अनमोल अफ्ठ्यारोमा परेका हुन् । 
 
'ग्याङस्टार ब्लुज'का लागि भनेर अनमोलले कपाल समेत पालेका थिए । अनमोलले केही दिन अगाडी मात्रै कपाल फाले । उनले फिल्मका लागि लिएको सम्झौता रकम पनि फिर्ता गर्न तयारी गरेको स्रोत बताउँछ । हेमराजको टिम अनमोलको समय तालिका मिलाउन कसरत गरिरहेको छ । 
 
अभिनेता भुवन केसीले पनि अनमोलले हेमराजको फिल्म गर्ने संभावना कम रहेको बताए । 'उहाँहरूले मेरो फिल्मभन्दा पछाडी सुटिङ गर्न राजी हुनुभयो भने अनमोलले 'ग्याङस्टार ब्लुज' गर्नेछ, नत्र मेरो फिल्म गर्नुको विकल्प छैन', भुवनले भने- 'सकेसम्म दुबै फिल्मा गर्न मिल्ने वातावरणको सिर्जना गर्दैछौं ।'   
 
यता भुवन केसीले आफ्ना छोराको लागि सुहाउँदो जोडी खोज्दै छन् । सामिप्यराज तिमिल्सेनाले लेख्दै गरेको कथाको लागि भुवनले नयाँँ हिरोईनको अडिसन लिईरहेका छन् । भुवनको फिल्मको सुटिङ फागुनमा हुनेछ ।