मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पूजाको ‘दान्भी’ अब असार ७ मा

फिल्मीखबर, काठमाडौं, 2024/04/29

danvi movie

 

अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको रिलिज सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको जोडी कुन्साङ बम्जनसँग बाँधिएको छ । दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका कुन्साङले यही फिल्मबाट डेब्यु गरेका हुन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । फिल्मको करिब ४ महिना अगाडि टिजर रिलिज भइसकेको छ । जसमा पूजा एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । यो फिल्म उनको करिअरका लागि विशेष मानिएको छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।