मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा

फिल्मीखबर, काठमाडौं, 2024/03/28

ANGILA RELEASE DATE

 

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षबाट प्रेरित भएर निर्माण भएको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मलाई आगामी वर्षको माघ ११ गते प्रदर्शन गर्न लागिएको हो । निर्देशक मिलन चाम्सले पोस्ट प्रोडक्सनको काम सकाएर प्रचारमा पर्याप्त समय दिने सोचसहित आगामी माघलाई प्रदर्शन मिति घोषणा गरिएको बताए ।

फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका छ भने उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, प्रेम कुमार श्रेष्ठ, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई,  सिद्धार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानको पनि अभिनय छ । गत फागुनमा सार्वजनिक भएको पोस्टर हेर्दा दयाहाङले एञ्जिलाको बुबाको भूमिका निर्वाह गरेको हुनसक्ने देखिन्छ ।

निर्देशक चाम्सले आफ्नो निर्देशन करिअरमा यो फिल्मले फरक छाप छोड्ने विश्वास व्यक्त गरेका छन् । एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको कथामा फिल्म बनेको उनले बताए । उनका अनुसार, यो फिल्म ठ्याक्कै एञ्जिलाको बायोपिक भने होइन । ७५ प्रतिशत एञ्जिलाकै जीवनबाट प्रभावित भए पनि बायोपिक नरहेको उनको भनाई छ । सुदीप बरालले फिल्म छायांकन गरेका हुन् ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘अञ्जिला’मा प्रेम कुमार श्रेष्ठ निर्माता तथा विनोद अग्रवाल र राजेश बगडिया सह-निर्मातामा छन् । यो फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् । एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित काठमाडौं र झापामा फिल्म छायांकन भएको हो । फिल्मको छायांकन सकिएपछि निर्माताले मिलन र एञ्जिलालाई स्कुटर उपहार दिएका थिए ।