मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा

एजेन्सी, काठमाडौं, 2024/03/27

 

फिल्मको लम्बाईमा एउटा सीमितता हुन्छ । फिल्म धेरै लामो हुँदा हल रिलिजमा समस्या आउने गर्छ । यसैले २ घण्टाको फिल्मलाई ‘परफेक्ट’ मानिन्छ । तर, विश्वमा योभन्दा लामो धेरै फिल्म बनेका छन् । बलिउड फिल्म ‘एनिमल’ नै ३ घण्टा २१ मिनेट लामो थियो । नेपालमै पनि ‘अगस्त्य’ र ‘रंगेली’ झण्डै ३ घण्टाका थिए । तर, विश्वमा एउटा यस्तो फिल्म छ, जुन हेरिसक्न मात्र चार दिन लाग्छ ।

त्यो फिल्म हो, ‘द क्योर फर इन्सोमनिया’ । यसले संसारकै लामो फिल्मको रेकर्ड बनाएको छ । सन् १९८७ मा रिलिज गरिएको यो फिल्मको लम्बाई ८७ घण्टा (५२२० मिनेट) छ । अर्थात् यो फिल्म ३ दिन र १५ घण्टापछि सकिन्छ । जोन हेनरी टिमिस चतुर्थको निर्देशन रहेको फिल्मले गिनिज बुक अफ रेकर्डमा समेत नाम लेखाएको छ । तर, रोचक कुरा छ भने फिल्ममा कथा र प्लट छैन ।

फिल्ममा अभिनेता एल.डी. ग्रोबनले झण्डै ५ हजार पेज लामो कविता पढेका छन् । पहिलोपटक अमेरिकास्थित शिकागोको ‘स्कूल फफ द आर्ट इन्स्ट्यिूट’मा फिल्म देखाइएको थियो । ३१ जनवरी १९८७ मा रिलिज भएको फिल्म ३ फेब्रअरी १९८७ मा सकिएको थियो । फिल्मको केही भागमा ‘पोर्नोग्राफिक’ कन्टेन्ट पनि छ । तर, अहिले यो फिल्मको सम्पूर्ण प्रतिलिपि हराइसकेको बताइन्छ ।

यो फिल्म ती मानिसहरुका लागि बनाइएको थियो, जसलाई निन्द्रा नलाग्ने समस्या (इन्सोमनिया) छ । जोसेफ एम्म माटुनेको निर्माण रहेको फिल्मलाई निर्देशक जोनले नै खिचेका थिए । भारतमा भने सबैभन्दा लामो फिल्मको रेकर्ड ‘ग्याङ्गस् अफ वासेपुर’को नाममा छ । यसको लम्बाई ५ घण्टा बढी थियो । तर, यति लामो फिल्म हलले चलाउन नमानेपछि त्यसलाई दुई हिस्सामा बाँडिएको थियो ।