मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

जेठ १० मा अनमोलसँग भिड्दै पूजा

फिल्मीखबर, काठमाडौं, 2024/03/08

danvi

 

अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्मा बक्स अफिसमा आमनेसामने हुने भएका छन् । आगामी जेठ १० गतेबाट अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउने तयारीमा छ । अब यो मितिमा पूजाको एक्सन फिल्म ‘दान्भी’ पनि आउने निश्चित भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर दुवै फिल्म प्रदर्शनमा आउन लागेका हुन् । दुवै फिल्मको जनरा भने फरक छ ।

अनमोलसँग पूजाको राम्रो सम्बन्ध छैन । उनीहरु अघिल्लो वर्ष फिल्म ‘रावायण’मा काम गर्ने तयारीमा थिए । जसलाई पूजा आफैंले निर्माण गर्दै थिइन् । तर पछि अनमोलले हात झिकेपछि फिल्म निर्माण हुन सकेन । यसपछि अनमोलसँग पूजा रुष्ट छिन् । जेठ १० मा ‘दान्भी’ आउन लाग्नुमा उनीहरुबीचको दरारलाई प्रमुख कारण मानिएको छ । अब ‘फर्की फर्की’लाई ठूलो चुनौती थपिएको छ ।

टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘दान्भी’मा पूजा एक्सन भूमिकामा प्रस्तुत छिन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।