मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘घामड शेरे’ गीत रिलिज, स्वस्तिमा र निश्चल साली-भेना (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/10/01
युवापुस्तालाई मनपर्ने लभस्टोरी कथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ विटको ‘साली मनपर्‍यो’ बोलको रोमान्टिक गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । यो फिल्ममा दुईको प्रमुख भूमिका छ । उनीलाई फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ । 
 
 
दशैंको शुभकामना स्वरुप सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । उनलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । दीप लामा (द नेक्स्ट) को कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । फिल्म कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
पहिलो पटक निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । यसअघि दुईले फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाएका थिए । ‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय छ ।
 
नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको फिल्ममा संगीत छ । निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा लेखेका हुन् । उनी फिल्मका निर्माता पनि हुन् । अधिकांश छायांकन सुर्खेतमा भएको फिल्मको वितरण स्टेशन फाइभ र डिसिएनले मिलेर गर्दैछन् ।
 
गीत हेर्नुहोस् :-

..........................................................................................................................

 
विज्ञापन ::