मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`गाला रातै`लाई म्यूजिक खबर अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/06/15
तेश्रो संस्करणको ‘म्यूजिक खबर अवार्ड २०१४’ मा ‘नोटबुक’ फिल्ममा समावेश ‘गाला रातै’ बोलको गीतले बाजी मारेको छ । संगीतकार बसन्त सापकोटा, गायक प्रल्हाद तिमिल्सिना र गायिका मीलन अमात्यले ‘गाला रातै’ गीतबाट सर्वोत्कृष्टको अवार्ड उचाले ।
 
कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न म्यूजिक खबर अवार्डमा दयाराम पाण्डे ‘वरदान’ मा समावेश ‘म अन्योलमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गीतकार ठहरिए । राष्ट्रिय गीततर्फ ‘राष्ट्र भन्नु हाम्रो शिर’ को गीतबाट रमेश अधिकारी सर्वोत्कृष्ट भए भने पप गायन महिलामा साहिमा श्रेष्ठ ‘मस्ती गर्रौ’ बोलको गीतबाट सर्वोत्कृष्ट भइन् । पप गायन पुरुषतर्फ ‘मुद्धा हालिदिन्छु’ बोलको गीतबाट सुरज श्रेष्ठ सर्वोत्कृष्ट भए । पप संगीतमा ‘फूल झैं’ बोलको गीतबाट राजु सिंहले सर्वोत्कृष्टको अवार्ड उचाले ।
 
 
लोकदोहारी तर्फ शब्दमा ‘सानु पत्याउ अब’ बाट गणेश चौलागाइँ, भाकातर्फ ‘मलाई अमेरिका यही’बाट पशुपती शर्मा, गायिकातर्फ ‘हजार जुनी’बाट टिका पुन र ‘मायालु हजार’ बोलको गीतबाट विरही कार्की सर्वोत्कृष्ट घोषित भए । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभाको अवार्ड रत्न श्रेष्ठ र सरिता थापाले उचाले भने पार्वती राई र बिमल अधिकारी सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडल महिला तथा पुरुष घोषित भए । सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड ‘मलाई अमेरिका यही’ बाट प्रकाश भट्टको पोल्टामा पर्यो ।
 
 
त्यस्तै गजलतर्फ जानकी पन्त, युगल गायनमा सुमित खड्का र माण्डबी त्रिपाठी, सुगम संगीत नव प्रतिभातर्फ रमा अर्याल र विजय परियार सर्वोत्कृष्ट बने । सर्वोत्कृष्ट मिक्सिङतर्फ महेश्वरमान राजभण्डारी घोषित भए भने सर्वोत्कृष्ट एरेन्जरको अवार्ड अमुल कार्कीले उचाले ।
 
म्युजिक भिडियो मोडल महिलातर्फ अभिनेत्री करिश्मा मानन्धर र पुरुषतर्फ अभिनेता गजित विष्ट घोषित भए । सुगम संगीत म्युजिक भिडियो निर्देशकतर्फ सञ्चारकर्मी सुव्रत आचार्य सर्वोत्कृष्ट बने । सर्वोत्कृष्ट सुगम संगीतकारको अवार्ड रमेशराज भट्टराईले ‘म त हरपल’ बोलको गीतबाट पाए । सर्वोत्कृष्ट एल्बमको अवार्ड गोविन्द प्रसाद उपाध्यायको ‘सत्यता’ले पायो ।
 
विभिन्न २९ विधामा वितरण गरिएको म्यूजिक खबर अवार्डमा बाल गायक प्रेम परियारलाई बाल प्रतिभा प्रोत्साहन पुरस्कार तथा तुलसी गिरीलाई साँगीतिक पत्रकारिता पुरस्कार दिइयो । अवार्ड समारोह झन्डै तीन घण्टा चलेको थियो ।