मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राज-डीकेको फिल्ममा सुपरहिरो बन्दै सलमान !

फिल्मीखबर, काठमाडौं, 2026/03/05

Salman Khan in talks with Raj & DK for an action comedy entertainer?

 

भारतीय वेब सिरिज ‘द फ्यामिली म्यान’का निर्देशकद्वय राज-डीके र अभिनेता सलमान खानबीच आगामी फिल्ममा सहकार्य हुन सक्ने संकेत देखिएको छ । केही समययता उनीहरूले फिल्मको विषयमा निरन्तर छलफल गरिरहेका छन् । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार यो फिल्म सन् २००८ को चर्चित अमेरिकी सुपरहिरो फिल्म ‘ह्यान्कक’बाट प्रेरित हुनेछ ।

यस फिल्ममा सलमानले एक अनिच्छुक र अवकाश लिन खोजिरहेको सुपरहिरोको भूमिका निभाउने जनाइएको छ । कथामा उनको पात्र आफ्नो जिम्मेवारीबाट टाढा जान खोज्छ, तर परिस्थिति र जिम्मेवारीले उसलाई पुनः मैदानमा फर्किन बाध्य बनाउँछ । राज-डीकेले हास्य र भावनात्मक तत्व मिसाएर फिल्म बनाउने तयारी गरेको बताइएको छ ।

इन्डिया टाइम्सको रिपोर्टमा उल्लेख भएअनुसार सलमानले फिल्मको कथावस्तु मन पराएका छन् । तर, उनले अन्तिम निर्णय पूर्ण स्क्रिप्ट सुनेपछि मात्र गर्ने जनाइएको छ । उनले फिल्मको बजेट पनि सन्तुलित चाहेका छन् । उनी तत्काल कुनै महँगो प्रोजेक्टमा काम गर्ने मनस्थितिमा छैनन् । यसैले उनले निर्माताहरूलाई कथा र बजेट दुवैलाई सही ढंगले बनाउन आग्रह गरेका छन् । 

यतिबेला निर्देशकद्वय राज-डीकेले फिल्मको कथालाई सलमानको व्यक्तित्वअनुसार ढाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले आगामी अप्रिलमा फिल्मको औपचारिक न्यारेसनसहित सलमानलाई बजेटबारे जानकारी गराउन सक्ने बताइएको छ । सबै कुरा योजना अनुसार अगाडि बढेको खण्डमा आगामी नोभेम्बर २०२६ मा फिल्मको छायांकन सुरू हुन सक्नेछ ।