मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा रहेकी बेनिशा भन्छिन्, ‘भोलि देशको दिशा तय गर्ने दिन हो’

फिल्मीखबर, काठमाडौं, 2026/03/04

benisha hamal

 

जेनजी आन्दोलनपछि देश विषय परिस्थितिबाट गुज्रिरहेको अवस्थामा भोलि प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । सर्वसाधारणदेखि कलाकारसम्म मतदान गर्न निकै उत्साहित देखिएका छन् । काम विशेषले देशबाहिर रहेका कलाकारहरूले भने सामाजिक सञ्जालमार्फत देश र सन्तानको भविष्यलाई सम्झिएर मतदानको अधिकार प्रयोग गर्न आग्रह गरिरहेका छन् । 

फिल्म ‘सिटामोल’को विशेष प्रदर्शनका लागि हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री बेनिशा हमालले पनि बुधबार साँझ फेसबुकमा एक पोस्ट लेख्दै भोलिको निर्णय पुस्ताको लागि रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘देशबाहिर छु, तर मन नेपालमै छ । भोलिको निर्णय केवल पाँच वर्षको लागि होइन, पुस्ताको लागि हो । केवल चुनाव होइन, देशको दिशा तय गर्ने दिन हो ।’

उनले पार्टीभन्दा पनि व्यक्तित्व, इमानदारी, क्षमता र दृष्टिकोण हेरेर निर्णय गर्न आग्रह गरेकी छन् । ‘हामी धेरै कुरामा गुनासो गर्छौं- व्यवस्था, विकास, अवसर, पारदर्शिता, रोजगारी, शिक्षा तर, परिवर्तनको सुरुवात हाम्रो निर्णयबाट हुन्छ,’ उनले अगाडि लेखेकी छन्, ‘एकचोटी होइन, दशचोटी सोचौँ । किनकि, प्रत्येक मतले भविष्यको दिशा तय गर्छ ।’

बेनिशाको कामको कुरा गर्दा उनको नयाँ फिल्म ‘कल्ली’ प्रदर्शनको पर्खाइमा छ । यस वर्ष उनका चार फिल्म ‘मोहर’, ‘सिटामोल’, ‘द ब्लू लाइट’ र ‘बिगुल’ प्रदर्शनमा आइसकेका छन् । यसमध्ये ‘मोहर’ले मात्र व्यावसायिक सफलता हासिल गर्‍यो । केही दिनमा अष्ट्रेलिया भ्रमणबाट फर्किएपछि उनी नयाँ फिल्म सम्झौता गर्ने तयारीमा रहेको जनाइएको छ ।