मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी तीन भाइ’को टिजरमा दाजुभाइको मित्रता र मनमुटावको कथा

फिल्मीखबर, काठमाडौं, 2026/03/02

Binod Neupane, Kushal Bista, Phalit Rai

 

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक गरिएको छ । सोमबार फागु पूर्णिमा (होली)को अवसर पारेर दर्शकमाझ ल्याइएको टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । तीनजना दाजुभाइको आपसी मित्रता र विवाहपछि उत्पन्न हुने मनमुटावलाई टिजरमा देखाइएको छ । 

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, विरेन श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

यो फिल्मका निर्माताहरू त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् । यसमा विक्रम तामाङ कार्यकारी निर्माता तथा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह–निर्मातामा छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत छ ।