मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यौनकर्मीको कथामा बनेको ‘लालिमा’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/03/01

LAALIMAA

 

तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । अभिनेत्री रोश्नी कार्कीलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको पारिवारिक उतारचढाव र यौनकर्ममा लागेपछि भोगेका समस्यालाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

कोठाभित्र त्रसित अवस्थामा रहेकी रोश्नीलाई चित्रित गर्दै सुरु भएको ट्रेलर प्लास्टिकभित्र उनी छट्पटाइरहेको दृश्यसँगै सकिएको छ । त्यसबीचमा उनको पारिवारिक समस्या, कुनै बाध्यताले यौनकर्ममा लागेपछि भोग्नुपरेका कठिनाइ, प्रेम जीवन र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा निर्देशकले प्रतीकात्मक दृश्यमार्फत पनि कथा भन्ने प्रयास गरेको देखिन्छ । 

फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा रोशनीसहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल, घनश्याम जोशी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा रीना लामा छिन् ।

निर्देशक मिराजले फिल्मको कथा लालिमा पात्रको कठिनपूर्ण यात्रामा आधारित रहेको बताएका छन् । उनी भन्छन्, ‘एक घटनाले लालिमाकी आमा कारागार पुग्छिन् । आमालाई त्यहाँबाट मुक्त गराउने क्रममा उनी सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छिन् । त्यसपछि शारीरिक र मानसिक पीडाबीच उनी कसरी बाँच्न बाध्य हुन्छिन् भन्ने कथा फिल्ममा छ ।’