मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माणको २ वर्षपछि प्रियंकाले युट्युबमा रिलिज गरिन् ‘टाँक’

फिल्मीखबर, काठमाडौं, 2026/03/01

Priyanka Karki

 

अभिनेत्री प्रियंका कार्की अभिनय र निर्माण दुवै विधामा सक्रिय छन् । कोरोना महामारीभन्दा अघि वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ निर्माण गरेकी उनले २ वर्षअघि सर्ट फिल्म ‘टाँक’ पनि बनाएकी थिइन् । केही अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ गरेपछि यो फिल्मलाई गत शुक्रबार युट्युबमा रिलिज गरिएको छ । प्रियंकाले आफ्नो जन्मदिनमा फिल्म रिलिज गरेकी हुन् ।

साम्तेन भुटियाको निर्देशनमा बनेको यो फिल्म १४ मिनेट ४४ सेकेण्ड लामो छ । यसमा प्रियंका स्वयंले अभिनय गरेकी छन् । सुदूरपश्चिमेली लवजमा प्रस्तुत भएकी उनले आमाको भूमिका निभाएकी छन् । अझै पनि तुइनको सहारामा नदी वारपार गर्नुपर्ने नेपालीहरूको बाध्यतालाई चित्रण गर्दै फिल्मले एक आमा-छोराको कथा भनेको छ । फिल्ममा प्रियंकाको अभिनय जीवन्त लाग्छ । 

युट्युबमा फिल्म रिलिज भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ । प्रायःले प्रियंकाको अभिनयको खुलेर प्रशंसा गरेका छन् । कतिपयले उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय भनेका छन् । फिल्मको कथा पनि उत्तिकै रुचाइएको छ । क्लाइमेक्सको ट्विस्ट र सन्तानप्रति आमाको प्रेमले स्तब्ध बनाएको प्रतिक्रिया पनि धेरै देख्न सकिन्छ । 

प्रियंकाले पहिलो पटक कथा सुन्दा नै आफूले यो फिल्म बनाउने निर्णय गरेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘यो हाम्रो लागि विशेष छ, किनभने यो आयंका फिल्म्सको पहिलो उत्पादन हो । हाम्रा प्रोड्युसरहरू र विशेषगरी लेखक-निर्देशक साम्तेनलाई धन्यवाद । मैले पहिलो पटक कथा सुन्दा नै तत्काल महसुस गरेको थिएँ कि हामीले यो फिल्म बनाउनु पर्छ ।’

प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी कार्यकारी निर्माता रहेको यस फिल्ममा प्रियंकासहित रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेनु योगी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । निर्देशक भुटिया स्वयंको लेखन तथा सम्पादन रहेको ‘टाँक’लाई आयुष्मानले छायांकन गरेका हुन् ।