मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षमा ४ वटा फिल्म किन गर्छन् अक्षय ?

फिल्मीखबर, काठमाडौं, 2025/06/18

Akshay Kumar sacrifices his acting fees to bring Hera Pheri 3 and Welcome 3  to life; signs a profit-sharing deal with Firoz Nadiadwala : Bollywood News  - Bollywood Hungama

 

कुनै बेला अक्षय कुमारलाई बलिउडमा ‘हिट मेशिन’को रुपमा चित्रित गरिन्थ्यो । किनकि, उनका एकपछि अर्को फिल्म सफल भइरहेका थिए । तर, अहिले अवस्था ठीक उल्टो छ । उनका फिल्मको असफलताको दर ह्वात्तै बढेको छ । गएको तीन वर्षमा उनका ९ वटा फिल्म फ्लप भए । समीक्षात्मक रूपमा अब्बल ठहरिएका ‘मिसन रानिगञ्ज’, ‘केशरी २’ जस्ता फिल्म समेत चलेनन् ।

लगातार फिल्म असफल भइरहे पनि अक्षयको व्यस्तता र माग घटेको छैन । वर्षमा ४/५ वटा फिल्म निरन्तर गरिरहेका छन् । कतिपयले यसैलाई उनका फिल्महरू असफल भइरहनुको कारण मान्ने गरेका छन् । उनलाई वर्षमा बढीमा दुईवटा फिल्ममा काम गर्न प्रशंसकहरुले नै सुझाव दिइरहेका हुन्छन् । तर, अक्षय भने वर्षमा ४/५ वटा फिल्म गर्न आफूलाई एकदमै मन पर्ने बताउँछन् ।

हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई यो मनपर्छ । मलाई अलग-अलग चरित्र निभाउन मज्जा लाग्छ । धेरैले मलाई ४ वटा फिल्म नगर्न सुझाव दिन्छन् । तर, म यस्तो नगर्नुपर्ने कुनै कारण नै देख्दिनँ । यदि काम मिलिरहेको छ भने म अवश्य गर्छु । फिल्म भनेको कुनै चल्छ, कुनै चल्दैन । म वर्षेनि ४/५ वटा फिल्म यसकारण गर्छु कि मलाई भिन्न-भिन्न भूमिका निभाउन मनपर्छ ।’

वर्षमा एउटा फिल्ममा काम गरे पनि त्यो हिट हुने कुनै ग्यारेन्टी नहुने उनको तर्क छ । यसैले काम गर्न छाड्न नहुने उनी बताउँछन् । ‘मलाई अमिताभ बच्चनले जबसम्म सम्भव हुन्छ, काम गर्न छाड्नु हुँदैन भनेर सल्लाह दिनुभएको थियो,’ अक्षय अगाडि भन्छन्, ‘मैले यही सिकेको छु कि ‘क्याल्कुलेसन’ र ‘म्यानिपुलेसन’ गलत हो । इमानदारितापूर्वक काम गर्दै आफ्नो लकमा विश्वास गर्नुपर्छ ।’