मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अञ्जिला’ले मनायो ५१ औँ दिन, कमाइ साढे ८ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2025/05/02

ANJILA 51 DAYS

 

गत वर्षको फागुनमा प्रदर्शनमा आएका एकपछि अर्को फिल्मले हलमा ५१ औँ दिन मनाइरहेका छन् । ‘लाज शरणम्’ र ‘होस्टेल ३’पछि अब ‘अञ्जिला’ले पनि प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको छ । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार ४५ शोसहित ५१ औं दिन मनाएको हो । प्रदर्शनको केही हप्ता फिल्मले बक्स अफिसमा सानदार व्यापार गरेको थियो ।

५१ दिनसम्म फिल्मले ८ करोड ६५ लाखमाथि ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । निर्माताले भने १० करोड ग्रस दाबी गरेका छन् । बक्स अफिस र निर्माताको हिसाबमा ठूलो अन्तर देखिए पनि निर्विवाद सत्य के हो भने ‘अञ्जिला’ सुपरहिट भइसकेको छ । यो सर्वाधिक कमाइ गर्ने र ५१ दिन मनाउने पहिलो बायोपिक फिल्म समेत बनेको छ ।  

प्रदर्शनको ५१ औं दिनको अवसरमा शुक्रबार निर्माण टिमले हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए । उनी भन्छन्, ‘हामी सबैसँग मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौँ ।’

‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निभाएकी छन् । फिल्ममा उनीसँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय छ । यो फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर खरिद गर्ने तयारीमा निर्माता छन् ।