मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘वर एण्ड वधु’मा ५ इन्चको हिल लगाएर आँचलको एक्सन

फिल्मीखबर, काठमाडौं, 2024/05/09

केही समय अगाडि अभिनेत्री आँचल शर्माले सामाजिक सञ्जालमा एक्सन सिकिरहेको भिडियो सेअर गरेकी थिइन् । त्यसले उनको एक्सन फिल्ममा काम गर्ने भोक दर्शाएको थियो । अन्ततः उनको त्यो इच्छा फिल्म ‘वर एण्ड वधु’मा पूरा भएको छ । झन्डै डेढ वर्ष अड्किएर यही बैशाख पहिलो साताबाट दोस्रो चरणको छायांकन सुरु गरिएको फिल्ममा बिहीबार उनको एक्सन दृश्य खिचियो ।

 

aanchal shrma fight


आँचलले फरक शैलीमा एक्सन गरेकी छन् । ५ इन्च अग्लो हिल जुत्ता र फेन्सी पहिरन (वान पिस) लगाएर उनले एक्सन गरेकी हुन् । छायांकन सेटबाट प्राप्त एक तस्वीरमा उनलाई सुटबुटमा ठाटिएका भिलेनहरुसँग भिडिरहेको देख्न सकिन्छ । उनले छरितोसँग एक्सन गरेको फिल्मका द्वन्द्व निर्देशक हिमाल केसीले जानकारी दिए । उनले आँचलमा राम्रो एक्सन गर्न सक्ने खुबी देखेका छन् ।

हिमालले भने- ‘आँचलको काम गर्ने शैली मलाई साँच्चै गजब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसले उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न सक्छिन् भन्ने देखाउँछ ।’ बिहीबार आँचलसँगै फिल्मका अभिनेता विवेक कर्माचार्यको पनि एक्सन दृश्य खिचिएको थियो । विवेकको एक्सन देखेर दर्शकहरु दंग पर्ने हिमालको दाबी छ । विवेकको ‘वर एण्ड वधु’ डेब्यु फिल्म हो ।

 

aanchal and bibek


मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्ममा किरण केसी, कुशुम शर्मा, हिमेश पन्त, सृष्टि खड्का लगायतको पनि अभिनय छ । फिल्मको अझै एक साताभन्दा बढी समय छायांकन हुने चाम्सले बताए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भैरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । यो फिल्मको पहिलो चरणको छायांकन भने रोमानियामा गरिएको थियो ।

 

garima sharma


‘वर एण्ड वधु’मा गरिमा शर्माको प्रवेश

‘वर एण्ड वधु’मा तीन शर्मा अभिनेत्री एकसाथ देखिने भएका छन् । आँचल र कुशुमपछि फिल्मको विशेष भूमिकामा गरिमा शर्मा भित्रिएकी छन् । उनले बिहीबार फिल्मको सेट ‘ज्वाइन’ गरिन् । उनको भूमिकाबारे निर्माण टिमले जानकारी गराएको छैन । तर, उनको उपस्थिति अर्थपूर्ण रहने जनाइएको छ । गरिमाको डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ भने आगामी जेठ २५ गते रिलिज हुँदैछ ।