मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिकन्दर’मा सलमानको जोडी रश्मिका

एजेन्सी, काठमाडौं, 2024/05/09

Makers of Sikandar Announce Rashmika Mandanna's Entry Alongside Salman Khan

 

सन् २०२३ मा आएको फिल्म ‘टाइगर ३’पछि अब बलिउड सुपरस्टार सलमान खान नयाँ फिल्म ‘सिकन्दर’मा देखिँदैछन् । ‘किक’ निर्माता साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको फिल्मलाई ए.आर. मुरुगदासले निर्देशन गर्दैछन् । उनले यसअघि ‘गजनी’ निर्देशन गरेका थिए । आगामी वर्ष अर्थात् सन् २०२५ को इदमा रिलिजको तयारी गरिएको फिल्ममा अब मुख्य अभिनेत्रीको पनि टुंगो लागेको छ ।

‘सिकन्दर’मा सलमानसँग अभिनेत्री रश्मिका मन्दानाको जोडी बाँधिने भएको छ । निर्माण कम्पनी नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले बिहीबार एक वक्तव्य जारी गर्दै फिल्ममा रश्मिकाको प्रवेशबारे पुष्टि गरेको हो । उनले पहिलोपटक सलमानसँग काम गर्न लागेकी हुन् । उनले ‘सिकन्दर’को हिस्सा बन्न पाउँदा गर्व महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

‘पुष्पा’ र ‘एनिमल’को सफलतापछि रश्मिकाको बलिउड र साउथ फिल्ममा उच्च माग छ । ‘गुडबाय’बाट बलिउडमा डेब्यु गरेकी उनको ‘पुष्पा २’ रिलिजको तयारीमा छ । तेलुगू फिल्म ‘डियर कमरेड’पछि भारतमा ‘नेशनल क्रस’को रुपमा चिनिएकी रश्मिका ‘सिकन्दर’मा भित्रिएपछि दर्शकमा फिल्मको पखाई बढेको छ । एक्सन प्रधान रहने यो फिल्मको छायांकन सुरु भइसकेको छ ।