मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाशपछि ‘पूर्ण बहादुरको सारङ्गी’मा जोडिए मुकुन

फिल्मीखबर, काठमाडौं, 2024/05/09

Mukun Bhusal

 

अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सीज इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । फिल्मको मुख्य भूमिकामा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भइसकेका छन् भने अब अर्का अभिनेता मुकुन भुषालको पनि प्रवेश भएको छ । निर्माणपक्षले मुकुनसँग केही दिनअघि मात्रै लिखित सम्झौता गरेको हो ।

डेब्यु फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा गरेको अभिनयबाट चर्चामा आएका मुकुनले ‘पूर्ण बहादुरको सारङ्गी’मा आफ्नो भूमिका पृथक रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने- ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ । मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ । फिल्मलाई लिएर उत्साहित छु ।’

सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको आगामी जेठ दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्मलाई आगामी वर्ष (२०८२)मा प्रदर्शनको लक्ष्य राखिएको छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।