मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरुण र शुभेक्क्षाको प्रेम बोल्ने ‘प्रेमा’ गीत

फिल्मीखबर, काठमाडौं, 2023/02/18

Subeksha Khadka, Arun Chhetri

 

आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मन मनमा’ बोलको रोमान्टिक गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको युगल स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्त स्वयंको संगीत छ । भिडियोमा शुभेक्क्षा खड्का र अरुण क्षेत्रीबीच प्रेम अंकुराएको देखाइएको छ । शुभेक्क्षा सोझी युवतीको रुपमा चित्रित छिन् ।

‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको फिल्ममा सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायत पनि कलाकारमा छन् ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी रहेको छ । सामर्थ विक्रम थापा कार्यकारी निर्माता रहेको फिल्मका निर्माता विवेक घिमिरे र निर्देशक गोविन्द भण्डारी हुन् । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् ।