मिति : २०८२ ज्येष्ठ १८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘म यस्तो गीत गाउँछु २’, दर्शक फर्काउने अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2022/02/25
paul-and-pooja
 
यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । कोरोनाले शिथिल अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पुर्नजीवन दिने अपेक्षा गरिएको छ । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ । 
 
हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि फिल्मले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।
 
स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मलाई प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा मिलेको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् । 
 
बुधवार राजधानीमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ ।