मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तर्वार्तामै भँगेरी डनलाई हिरोइनले राखिन् प्रेम प्रस्ताव (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ पौष २०, बुधवार
 
फिल्म 'शब्द' रिलिजको संघारमा छ । यहि पौष २९ मा रिलिज हुने फिल्मको लागी अहिले निर्माण टिम अनि कास्टिङ क्रियू प्रचार प्रसारमा व्यस्त छ । यो बीचमा प्रचारकै क्रममा रहेको कलाकार टिमले मिडियालाई अन्तर्वार्ता दिँदै गर्दा लिड अभिनेता ए गुरुङ उर्फ 'भँगेरी डन'ले अभिनेत्री कमली वाईवालाई प्रेम प्रस्ताव राखेका छन् । 
 
 
'झोले' फिल्मबाट 'भँगेरी डन'को पात्रका कारण चर्चामा आएका ए गुरुङले फिल्मीखबरसँगको रमाईलो गफगाफमा अभिनेत्री वाईवाबाट लभ प्रपोज पाए । फिल्म भित्रको पाटोहरुको बारेमा निस्किएको प्रसंगमा कमलीले हाँसीहाँसी ए गुरुङलाई 'आई लभ यू' बोलेकी थिईन् । क्यामेराकै अघि प्रपोज गरेपनि यो सबैकुरा रियल भने थिएन् । 
 
कुराकानीमा निर्देशक सन्तोष शिवाकोटीसँगै अर्का अभिनेता रोयदिप श्रेष्ठले पनि फिल्मको बारेमा मुख खोले । फिल्म पुर्णतः मनोरञ्जनात्मक भन्दै दर्शकले हेरुञ्जुल आँखा घुमाउन नपर्ने दाबी निर्माण टिम अनि कलाकारहरुको छ । 
 
शब्द टिमसँगको रमाईलो कुराकानी माथी भिडियोमा प्रस्तुत छ।