Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा र अर्पणको उत्कृष्ट ‘चिसो मान्छे’ टिजर

फिल्मीखबर, काठमाडौं, 2022/03/25
 Swastima Khadka
 
दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको १ मिनेट १५ सेकेन्ड लम्बाईको टिजर रोचक र बलियो बनेको छ । टिजरमा स्वस्तिमा खड्का कर्णाली भेगको महिलाको भेषभुषामा प्रस्तुत छिन् । उनको भिन्न लुक्सले टिजरबाट आँखा हट्न दिँदैन । त्यस्तै, अर्पण थापाको सस्पेन्स भूमिकाले खुलदुली पैदा गर्छ ।
 
टिजरमा स्वस्तिमा र अर्पणबीच टाढैबाट आँखा जुधिरहेको छ । कहिले सेत्तै फूलेको दाह्री सुमसुमाइरहेका त कहिले ऐना अगाडि दाह्री काटिरहेका अर्पणको आँखा स्वस्तिमाबाट हटेको छैन । उता, घाँटीमा पहेंलो पोते लगाएकी स्वस्तिमा पनि अर्पणलाई हेर्दै मन्द मुस्कुराइरहेकी छन् । टिजरको अन्तिम दृश्यमा भने एउटा गाडीमा विदेशबाट बाकसमा ल्याइएको शवलाई देखाइएको छ ।
 
यूट्युबमा टिजर रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रायःले स्वस्तिमाको लुक्स र अभिनयको प्रशंसा गरेका छन् । यो फिल्म उनको करिअरको गेम चेन्जर बन्ने दाबी समेत गरिएको छ । यसअघि निर्माण टिमले सार्वजनिक गरेको पोस्टरबाट पनि स्वस्तिमाले वाहवाही बटुलेकी थिइन् । यो फिल्म आउँसो असार ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ । 
 
शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमा र अर्पणका अलावा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । फिल्मको निर्देशनसँगै कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र स्वयंको हो । दीर्घ खड्काले फिल्मलाई सम्पादन गरेका हुन् । 
 

Most Visited News (monthly)