Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

फिल्मीखबर, काठमाडौं, 2022/03/25
silvio simac
 
हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च (चैत १२) २०२२ मा काठमाडौंमा हुन लागेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिममा सहभागि हुन उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका उनी मार्शल आर्टिस्ट र विश्व च्याम्पियन समेत हुन् । 
 
सिल्भियोले ज्याकी च्यान, जेट ली जस्ता धेरै विश्व प्रसिद्ध अभिनेताहरुसँग फिल्ममा अभिनय गरिसकेका छन् । उनले ‘कनिट्स अफ थे डामनेड’, ‘द विजर्ड्स हन्टर’, ‘ब्ल्याक मास्क : सिटी अफ मास्क्स’, ‘टेन डेड म्यान’, ‘द डार्क किङ्गडम’, ‘ट्रान्सपोर्टर ३’ लगायतका हलिउड फिल्ममा अभिनय गरेका छन् ।
 
एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम गरेको भन्दै हालै अमेरिकामा ‘शो फेस्ट सोसल अवार्ड २०२२’ समेत प्राप्त गरेको थियो । 
Most Visited News (monthly)