Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ इन्डक्ल्याप

फिल्मीखबर, काठमाडौं, 2022/03/24
डा. कपिल रिजाल निर्देशित रोमान्टिक कमेडी फिल्म ‘ह्यारी की प्यारी’को सम्पूर्ण छायांकन सकिएको छ । कोरोनाविरुद्धको खोप लगाएका कलाकार र प्राविधिकको टोली जुटाएर पर्वतबाट छायांकन सुरु भएको फिल्मको डेढ महिनामा बुधवार इन्डक्ल्याप भएको हो । डा. रिजालले काठमाडौंसहित पोखरा, पर्वत, चितवनलगायतका स्थानमा फिल्मको छायांकन भएको जानकारी दिए । 
 
jitu nepal and samragyee rl shah
 
फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी प्यारीको रुपमा देखिनेछन् । विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको फिल्ममा नायिका रेखा थापाको केमियो भूमिका छ ।
 
डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा कथा रिजाल स्वयं, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले मिलेर तयार पारेका हुन् । फिल्ममा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।
 
jitu nepal and samragyee rl shah
 
सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । निर्देशक रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । पेशाले दन्त चिकित्सक रहेका उनी डा. भोला रिजालका छोरा हुन् । कपिलले फिल्म पारिवारसँग बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा बनेको बताएका छन् । 
Most Visited News (monthly)