Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ करोडमा बनेको ‘द कश्मीर फाइल्स’ले छाप्यो २ सय करोड

एजेन्सी, मुम्बई, 2022/03/24
the kashmir files
 
फिल्म स्टारकास्टले चल्छ भन्ने मान्यताको पर्खाल भत्काएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाख कमाएको फिल्मले दुई हप्ता पनि पूरा नगर्दै २ सय करोड छापेको छ । बलियो ‘वर्ड अफ माउथ’ले दोस्रो दिनबाट कमाईमा उछाल कायम गरेको फिल्मले पहिलो हप्तामै सय करोड कमाएको थियो ।
 
दोस्रो हप्ताको शुक्रवार १९ करोड १५ लाख, शनिवार २४ करोड ८० लाख, आइतवार २९ करोड २० लाख, सोमवार १२ करोड ४० लाख, मंगलवार १० करोड २५ लाख र बुधवार १० करोड ३ लाखको व्यापार गर्दै फिल्मले १२औं दिनमा २ सय करोडको आँकडा छोएको हो । ‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई समेत पछि पार्दै ‘द कश्मीर फाइल्स’ सर्वाधिक कमाउने फिल्म बनेको छ । 
 
२५ करोडमा निर्माण भएको फिल्मले ६ सय स्क्रिनबाट प्रदर्शन थालनी गरेको थियो । बलियो माउथ पब्लिसिटीले फिल्मको कमाई आक्रामक हुन थालेपछि पहिलो हप्तामा नै ४ हजार स्क्रिन थपिएको थियो । विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको  फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारको अभिनय छ । 
 
फिल्ममा कश्मीर पीडितको त्यसबेलाको कथा प्रस्तुत गरिएको छ, जब ९० को दशकमा उनीहरुलाई आफ्नै राज्यबाट निकालिएको थियो । फिल्म अनुपम खेरले आफ्नो काँधमा बोकेका छन् । उनको जीवन्त अभिनयले फिल्मलाई जीवन दिएको छ । हिन्दी भाषामा सफल भएपछि ‘द कश्मीर फाइल्स’लाई अब तमिल, तेलुगू, कन्नड़, मलयालममा डब गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।
Most Visited News (monthly)