Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

फिल्मीखबर, काठमाडौं, 2022/03/22
फरार पल शाहको खोजीमा प्रहरी
 
एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार अदालतमा मुद्धा दर्ता गरेको हो । 
 
प्रहरीको अनुसन्धानमा नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र कानुन बमोजिम मनासिब क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्धा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । यो घटनामा मतियारको भूमिका खेलेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि आधा सजायको माग दाबी गरिएको जानकारी प्राप्त छ ।
 
शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा बलात्कारको मुद्धा दर्ता गरिसकेको छ । नाबालिग गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालय र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जोहरी दिएकी थिइन् । ती नाबालिगले तनहुँमा जाहेरी दिएको चार दिनपछि शाहले आत्मसमर्पण गरेका थिए ।
 
तनहुँमा अनुसन्धान भइरहेको समयमा पललाई नवलपरासीको गैँडाकोट प्रहरी कार्यालय पनि लगिएको थियो । त्यहाँ उनीमाथि प्रहरीले एक हप्तासम्म अनुसन्धान गरेको थियो । तनहुँ जिल्ला अदालतले पहिलो पटक ७ दिन, दोस्रो पटक १२ दिन र तेस्रो पटक ५ दिन म्याद थप गरी तनहुँ प्रहरीलाई शाहमाथि अनुसन्धान गर्न अनुमति दिएको थियो । अब अदालतमा थुनछेक बहस हुनेछ । 
Most Visited News (monthly)