Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

वर्षाले छाडेकी हुन् ‘दुई नम्बरी’ ?

फिल्मीखबर, काठमाडौं, 2022/03/20
barsha raut
 
२०७६ सालको फागुन अन्तिममा फिल्म ‘दुई नम्बरी’को छायांकन सुरु गरिएको थियो । तर, छायांकन भइरहँदा कोरोना महामारी फैलिएपछि फिल्मको काम अगाडि बढ्न सकेन । यसपछि रोकिएको फिल्मको छायांकन अब दुई वर्षपछि चैत १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । पुनः सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा निर्मातादेखि कलाकारसम्म परिवर्तन भएका छन् । 
 
पहिला छायांकन हुँदा फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह थिए । अहिले उनी बलात्कारको आरोपमा प्रहरी हिरासतमा भएकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ । अब फिल्ममा मुख्य नायिका पनि हेरफेर हुने सम्भावना बढेको छ । अर्को फिल्मसँँग सेड्युल जुध्ने भएपछि अभिनेत्री वर्षा राउतले ‘दुई नम्बरी’बाट हात झिक्न लागेकी हुन् । 
 
उनले फिल्मीखबरसँग भनेकी छन्, ‘निर्माण टिमले भन्नुभएको समयमा मेरो समय मिल्ला जस्तो देखिन्न । किनकि, मैले पहिल्यै चैत महिनाको समय अर्को प्रोजेक्टका लागि वचन दिइसकेको छु । १५/२० दिन मेरो सेड्युल एकदमै प्याक छ । त्यसैले ‘दुई नम्बरी’को छायांकन केही पछाडि हुने अवस्था आयो भने अवश्य काम गर्छु । तर, चैत १५ बाटै छायांकन सुरु भयो भने चाहिँ नगर्न सक्छु ।’ 
 
वर्षाको समय नमिल्ने भएपछि निर्माण टिमले अरु अभिनेत्रीसँग कुराकानी अगाडि बढाइसकेको छ । स्रोतका अनुसार, अभिनेत्री उपासना सिंह ठकुरीसँग निर्माता र निर्देशकले केही चरण कुराकानी गरेका छन् । उपासना फिल्मलाई लिएर सकारात्मक रहेको बुझिएको छ । उनले फिल्ममा काम गरेको खण्डमा सौगात मल्लसँग उनको जोडी बाँधिनेछ । सौगात उनको फेभरेट नायक हुन् । 
 
दीपेन्द्र लामाको निर्देशन बन्ने ‘२ नम्बरी’मा सौगातसँगै दयाहाङ राई, उगेन छोदेन लगायतको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।
Most Visited News (monthly)