.jpg)
विदेशी भूमिमा पाइला टेकेपछि नेपाली अभिनेत्रीहरुको बेग्लै अवतार देख्न पाइन्छ । फिल्ममा कहिल्यै बोल्ड सिन नदिएका र दिन नचाहने अभिनेत्रीहरु विदेशका समुन्द्री किनारमा पुगेपछि भने विकिनी अवतारमा प्रस्तुत हुन्छन् । उनीहरुले विकिनीमा खिचेका तस्विरहरु मिडियाका लागि पनि गतिलै खुराक बन्ने गर्छ । त्यस्ता तस्विरले अभिनेत्रीहरुलाई केही दिन चर्चाको कमी हुन दिन्न ।
अभिनेत्री वर्षा सिवाकोटी पनि बेला बखतमा विकिनी अवतारमा आफ्नो जवानी शो गर्न विदेश पुगिरहेकी हुन्छिन् । गत वर्ष उनले आइसल्यान्डको सामुन्द्रिक तटमा विकिनी अवतारमा खिचेको तस्विरले ठूलै चर्चा कमाएको थियो । यसपटक उनले अमेरिका पुगेर आफूलाई विकिनीमा प्रस्तुत गरेकी छन् । उनले अमेरिकाको ‘फ्लोरिडा विच’मा खिचेका बोल्ड तस्विरहरु इन्स्टामा राखेकी छन् ।

फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनय करिअर सुरु गरेकी वर्षाले कुनै पनि फिल्ममा बोल्ड सिन दिएकी छैनन् । प्रायः उनी सोझी र साधारण युवतीको भूमिकामा प्रस्तुत हुँदै आएकी छन् । यसैले होला उनले आफूलाई बोल्ड देखाउने रहर विदेशका समुन्द्री तटमा गएर पूरा गर्ने गरेकी छन् । प्रायः विदेश घुमघाममा निस्किरहने उनी एक वर्षको अन्तरालमै दोस्रो पटक अमेरिका गएकी हुन् ।
कोरोना महामारीको समयमा ‘श्री’ र ‘ए साथी सुन’को छायांकन गरेकी उनको ‘परदेशी २’, ‘मनसँग मन’, ‘लक्का जवान’ लगायतका फिल्म प्रदर्शनको पखाईमा छन् । सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै फिल्म सफल हुन नसके पनि वर्षाको करिअरलाई त्यसले असर पारेको छैन । उनको हातमा निरन्तर फिल्म परिरहेका छन् । उनको प्रायः अफेयरका कारण चर्चा हुने गरेको छ ।

