Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हेल्लो जिन्दगी’का लागि चार वर्षपछि नेपाल आए विक्रम

फिल्मीखबर, काठमाडौं, 2022/03/19
bikram joshi
 
लामो समयदेखि बेलायतमा बस्दै आएका अभिनेता तथा निर्माता विक्रम डि जोशी आफू अभिनीत तथा निर्मित नयाँ फिल्म ‘हेल्लो जिन्दगी’को प्रमोशन र रिलिजका लागि नेपाल आएका छन् । चार वर्षपछि शुक्रवार मातृभूमि टेकेका उनलाई फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरा, निर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतले पञ्चकन्यासहित त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 
 
चैत्र १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विक्रमको मुख्य भूमिका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले हरेक कोणबाट फिल्म गुणस्तरीय बनेकाले आफू निकै आशावादी रहेको बताए । श्रीमती तथा ‘हेल्लो जिन्दगी’की निर्मात्री हिराल जोशीको साथमा नेपाल आएका उनले दर्शकलाई फिल्मले निराश नबनाउने दाबी समेत गरेका छन् । 
 
‘हेल्लो जिन्दगी’मा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय छ । सत्य घटनाबाट प्रभावित यस फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी, कार्यकारी निर्माता सृजना जोशी महर्जन र सह-निर्मात्री सबिता गुरुङ हुन् ।
 
bikram joshi
 
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो युके र काम्मा इन्टरटेन्मेन्ट इन्डिया लाइन प्रोड्युसर छन् । फिल्मको केही दिनअघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । यसै साता लोकशैलीको एक गीत सार्वजनिक गरिने निर्देशक बोहराले जानकारी दिए ।
Most Visited News (monthly)