(1).jpg)
विगत केही वर्षदेखि फिल्मको विभिन्न विधामा अध्यापन गराउँदै आएको थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले अध्ययनबाट सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर फिल्म निर्माण गरेका छन् । एकेडेमीबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्मको गत हप्ता काठमाडौंस्थित वान सिनेमाज् हलमा अभिनेता राजेश हमालको उपस्थितिमा प्रदर्शन गरियो ।
(1).jpg)
ग्राजुएट सकेका विद्यार्थीको विदाई कार्यक्रममा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पनि’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’ र रजिना अर्यालको ‘आखिर किन ?’ फिल्म प्रदर्शन गरिएको हो । उक्त ७ वटा सर्ट फिल्ममा एकेडेमीमै अध्ययन गरेका विद्यार्थीहरुको निर्देशन, अभिनय, छायांकन छ ।
.jpg)
स्क्रिनिङ्ग पश्चात हरेक फिल्मका टिमसँग पत्रकार, फिल्मकर्मी र दर्शकहरुले अन्तरक्रिया समेत गरेका थिए । उक्त कार्यक्रममा राजेश हमालसहित ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दीवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरिता गिरी, दशरथ गिरी लगायतका फिल्मकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
.jpg)
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले कोरोना महामारीको कारण नेपाली फिल्म क्षेत्र अस्तव्यस्त हुँदा यही क्षेत्रमा केही गर्छु भनेर अध्ययन गरेका विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेको बताए । तर, उनीहरुलाई हतोत्साहित हुन नदिन, नयाँ प्रवेशीलाई जागरुक बनाउन र हौसला प्रदान गर्न फिल्म स्क्रिनिङ्ग र ग्राजुएसन कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

