Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फलोअर्स चेक : फेसबुकमा प्रदीप, इन्स्टाग्राममा अनमोल अगाडि

फिल्मीखबर, काठमाडौं, 2021/08/24
 
प्रविधिको विकाससँगै नेपालमा फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दिन प्रतिदिन रफ्तारमा बढेको छ । आम मानिस मात्र नभइ नेपाली सेलिब्रेटीहरु पनि सोसल मिडियाका क्रेजी छन् । आफ्नो भनाई राख्न, तस्विर तथा मिडियोहरु पोस्ट गर्न, दैनिक गतिविधिबारे प्रशंसकहरुलाई जानकारी दिन उनीहरुले सोसल मिडिया प्रयोग गर्ने गर्दछन् । 
 
पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रियता मापन गर्ने तराजु पनि बनेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सोसल मिडियामा फलोअर्सको आधारमा व्यक्तिको लोकप्रियता मापन गर्ने गरिन्छ । नेपालका केही कलाकारहरुले सामाजिक सञ्जालमा लाखौं फलोअर्स कमाएका छन् । अहिलेका दुई हटकेक अभिनेता अनमोल केसी र प्रदीप खड्का पनि फलोअर्सका धनी छन् ।
 
केही महिना अगाडिसम्म फेसबुक र इन्स्टाग्राम दुवैमा प्रदीपभन्दा अनमोलको फलोअर्स ज्यादा थियो । तर, अहिले फेसबुकमा उनलाई प्रदीपले करीब २१ हजार फलोअर्सले उछिनेका छन् । अनमोलको फेसबुक पेजमा ६ लाख ५२ हजारमाथि फलोअर्स छ भने प्रदीपलाई पछ्याउनेको संख्या ६ लाख ७१ हजारमाथि रहेको छ । लकडाउनको समयमा उनलाई फलो गर्ने बढेका हुन् । 
 
फेसबुकमा अनमोललाई प्रदीपले फलोअर्समा उछिने पनि इन्स्टाग्राममा अनमोल धेरैले माथि छन् । उनलाई इन्स्टामा पछ्याउनेको संख्या ३ लाख ५४ हजार रहेको छ भने प्रदीपको फलोअर्स संख्या १ लाख ४९ हजार मात्र छ । तर, इन्स्टाग्राममा प्रदीपभन्दा अनमोलले धेरै पोस्ट र फलो गरेका छन् । उनले पछ्याउनेमा ३ सय ९४ छन् भने अहिलेसम्म ४ सय ६७ वटा पोस्ट गरेका छन् ।
 
 
प्रदीपको फलोइंग लिस्ट भने खाली छ । उनले गत वर्षसम्म अभिनेता पल शाहदेखि उद्योगपति बरुण चौधरीसम्मलाई पछ्याउने गरेका थिए । तर, अहिले उनले इन्स्टामा कसैलाई फलो गरेका छैनन् । उनले हालसम्म १ सय ९० वटा पोस्ट गरेका छन् । फिल्ममा एकअर्काका कडा प्रतिस्पर्धी मानिने अनमोल र प्रदीपबीच सोसल मिडियामा फलोअर्सलाई लिएर पनि प्रतिस्पर्धा देखिएको छ ।
Most Visited News (monthly)