Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पठान’ को क्लाइमेक्सबाट सुरु हुनेछ ‘टाइगर ३’

एजेन्सी, मुम्बई, 2021/08/23
 
बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफको जोडी एकपटक फेरि पर्दामा फर्किएको छ । शुक्रवारबाट फिल्म ‘टाइगर ३’ को छायांकनका लागि उनीहरु रुस पुगेका छन् । त्यहाँ फिल्मको सेटबाट सलमानको केही तस्विरहरु लिक भएको छ । खैरो रंगको लामो दाह्री र कपालमा उनलाई चिन्न समेत मुश्किल पर्छ । फिल्मको अहिले एक्सन सिनको छायांकन भइरहेको छ ।
 
‘टाइगर ३’ मा मनीष शर्माले निर्देशन गरिरहेका छन् । उनले यसअघि ‘ब्यान्ड बाजा बारात, शुद्ध देसी रोमान्स, फ्यान’ को निर्देशन गरेका थिए । ‘टाइगर’ फ्रेन्चाइजको पहिलो फिल्‍मलाई कबीर खान र दोस्रो पार्टलाई अली अब्‍बास जफरले निर्देशन गरेका हुन् । यसपटक फिल्ममा इमरान हाशमी भिलेनको भूमिकामा देखिँदैछन् । पर्दामा उनलाई सलमानसँँग भिड्दै गरेको देख्न पाइनेछ ।
 
फिल्मसँग जोडिएकोे एउटा रोचक कुरा के छ भने ‘टाइगर ३’ को कनेक्सन शाहरुख खान अभिनीत फिल्म ‘पठान’ सँग छ । यो फिल्ममा सलमान र कटरीना ‘टाइगर र जोया’ बनेर देखिँदैछन् र जहाँ ‘पठान’ को कहानी सकिनेछ भने त्यहीँबाट ‘टाइगर ३’ सुरु हुनेछ । अर्थात्, ‘पठान’ को क्‍लाइमेक्‍स (अन्तिम) सिन नै ‘टाइगर ३’ को सुरुवात हो । दुवै फिल्मका निर्माता आदित्‍य चोपडा हुन् ।
Most Visited News (monthly)