Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुख खानकी छोरीलाई फिल्ममा डेब्यू गराउने तयारी

एजेन्सी, मुम्बई, 2021/08/18
 
बलिउड सुपरस्टार शाहरुख खानले आफ्नी छोरी सुहानालाई अभिनेत्री बन्न इच्छा रहेको बताउँदै आएका छन् । धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिइसकेका छैनन् । यसैक्रममा, निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा डेब्यू गराउने तयारी थालेकी छन् । अहिले उनी इन्टरनेशनल कमिक बुक ‘आर्ची’ को इन्डियन एडेप्टेशनमाथि काम गरिरहेकी छन् ।
 
नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । यसका लागि उनी योङ एक्टर्स खोजिरहेकी छन्, जसले फिल्ममा साथीको भूमिका निभाउन सकोस् । अहिले फिल्मको कास्टिङमा काम भइरहेको छ तर मुख्य भूमिकामा शाहरुखकी छोरीमा जोयाको नजर अडिएको छ । उनी चाँडै शाहरुख र सुहानालाई स्क्रिप्ट सुनाउने तयारीमा छिन् ।
 
सुहानाले २०१८ मा आएको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् । अंग्रेजीमा निर्माण भएको १० मिनेटको यो फिल्ममा सुहानाको अभिनयलाई दर्शकले मन पराएका थिए । अब उनको फिचर फिल्ममा डेब्यूलाई लिएर उत्सुकता बढेको छ । उनी अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी छिन् । कोर्स पूरा भएपछि उनी अभिनयमा आफ्नो करिअर बनाउँदैछिन् । 
Most Visited News (monthly)