Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

अनमोलले हातमा खोपाए सन्देशमूलक ट्याटू

फिल्मीखबर, काठमाडौं, 2021/08/18
 
अभिनेता अनमोल केसी रिर्जभ बस्न रुचाउँछन् । आफ्नो बारेमा गलत हल्ला फैलिँदा समेत उनी त्यसको प्रतिवाद गर्न हतारिँदैनन् । काम विशेषबाहेक उनी मिडियासँग पनि ठोकिँदैनन् । पछिल्लो समय उनको बोली र व्यवहारमा आएको परिवर्तनले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ । भगवान कृष्णको ठूलो भक्त बताउने उनी हप्तामा एकपटक कृष्ण मन्दिरमा दर्शन गर्न पुगेकै हुन्छन् । 
 
कामप्रति लगनशिल, मेहनत र इमान्दार भएर लाग्ने अनमोल आफैंलाई असम्भव लाग्ने चीजलाई पनि सम्भव तुल्याउन कुनै प्रयास छोड्दैनन् । फिल्म ‘कृ’ यसको ज्वलन्त उदाहरण हो । यो फिल्ममा उनले कुस्तीवाजको जस्तो आफ्नो शरीर बनाउनु पर्ने थियो । दमदार नृत्य र भरमार एक्सन गर्नुपर्ने थियो । धेरैले यो उनीबाट सम्भव छैन भनेका थिए । तर, उनले सम्भव तुल्याएरै देखाए ।
 
त्यसबेलादेखि उनको शब्दकोषमा ‘असम्भव’ भन्ने शब्दै छैन । उनले आफ्नो हातमा खोपाएको ट्याटूले पनि यो कुरालाई प्रस्ट्याउँछ । उनले मंगलवार देब्रो हातको हत्केला पछाडि ‘इम्पोसिबल’ नामको ट्याटू खोपेका छन्, जसमा उनले अगाडिको ‘इम’ शब्दलाई काटेर ‘पोसिबल’ लाई ठूलो अक्षर दिएका छन् । उनले ट्याटूमार्फत असम्भव भन्ने चीज केही नरहेको सन्देश दिन खोजेका छन् ।
 
 
कोरोनाको दोस्रो महामारी फैलिएदेखि घरको चारकुनामा सीमित रहेका अनमोलले त्यसअघि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेका थिए । स्थिति सामान्य भएको खण्डमा उनी तिहारपछि फिल्म ‘एक्स नाइन : लेभल एक’ को छायांकन सुरु गर्दैछन् । उनले गत हप्ता यो फिल्म साइन गरेका हुन् । ‘कृ’ पछि फेरि एकपटक दर्शकले उनलाई भयानक एक्सन गरेको देख्न पाउनेछन् ।
Most Visited News (monthly)