Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवाजुद्दीन भन्छन्, ‘मैले पैसाकै लागि फिल्म गरेको छु’

एजेन्सी, मुम्बई, 2020/12/01
 
बलिउडमा कयौं वर्ष कठोर संघर्ष गरेपछि अभिनेता नवाजुद्दीन सिद्दीकीले आज आफ्नो अलग पहिचान बनाएका छन् । हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले हिरोदेखि भिलेनसम्मको भूमिका निर्वाह गरेका छन् । एकातिर उनलाई नन् कमर्शियल फिल्ममा निकै रुचाइन्छ भने अर्कोतिर कयौं सफल कमर्शियल फिल्ममा पनि अभिनय गरेका छन् ।
 
उनले आफूलाई मसला फिल्मबाट टाढा राखेका छैनन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो फिल्मी करिअरलाई लिएर खुलासा गरेका छन् । उनले कयौं फिल्म आफूले पैसाका लागि गरेको स्वीकार गरेका छन् । उनले यसको कारण पनि बताएका छन् । उनी भन्छन्, ‘अभिनयलाई वर्गीकृत गर्नु राम्रो होइन । हरेक स्टाइलका फिल्म गर्नुपर्छ । यसले अभिनय क्षमता बढाउँछ ।’
 
हरेक फिल्ममा काम गर्दा आफूले धेरै कुरा सिक्न पाउने उनी बताउँछन् । नवाजुद्दीन अगाडि भन्छन्, ‘मैले पैसाका लागि धेरै फिल्म गरेको छु र गरिरहन्छु । म यस्तो फिल्म गर्छु, जसमा मलाई राम्रो पैसा मिलोस् र भोली राम्रो फिल्मबाट प्रस्ताव आउँदा पैसा नलिएरै पनि काम गर्न सकुँ । मैले ‘मन्टो’ फिल्ममा काम गर्न पैसा लिएको थिइनँ । यस्ता फिल्म गर्न म अरु फिल्म पैसाका लागि गर्छु ।’
Most Visited News (monthly)