Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ मा कसकी दुलही केकी ?

फिल्मीखबर, काठमाण्डौ, 2020/12/01
 
एक दशक लामो करिअरमा अभिनेत्री केकी अधिकारीले पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट सफलता हात पारिन् । २५ वटा फिल्मको असफलतापछि उनले सफलता हासिल गरेकी हुन् । फिल्मको असफलताले उनको करिअरमा खासै ठूलो प्रभाव भने पारेको थिएन । फिल्ममा उनलाई भ्याइनभ्याइ थियो । अभिनयमा अब्बल भएकाले उनी कहिल्यै कामविहीन हुनु परेन ।
 
‘छ माया छपक्कै’ ले बक्सअफिसमा सानदार व्यापार गरेपछि केकीको नेपाली फिल्ममा माग चुलिएको छ । लकडाउनभन्दा अगाडि फिल्म ‘झिँगेदाउ’ को छायांकन पूरा गरेकी उनी गएको बिहीवारदेखि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त छिन् । लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको फिल्मको अहिले पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ ।
 
यो फिल्ममा केकीले निर्वाह गरेको भूमिका र उनको जोडीको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, सोमवार केकीले फिल्मको सुटिङ सेटबाट आफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन ।
 
अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथा उठान गरेको फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । केकी पनि आफ्नो करिअरमा अर्को सफल फिल्म थपिनेमा विश्वस्त छिन् ।
Most Visited News (monthly)