Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अपने २’ मा देओल परिवारको तीन पुस्ता

एजेन्सी, मुम्बई, 2020/11/30
 
देओल परिवारले फेमिली ड्रामा फिल्म ‘अपने’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेको छ । बलिउड अभिनेता धर्मेन्द्रले एक ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सबै शुभचिन्तकहरुको आर्शिवादका कारण ‘अपने २’ लिएर आउँदैछौं ।’ ‘अपने’ सन् २००७ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र र उनका दुई छोरा सनी देओल र बबी देओल लिड रोलमा थिए ।
 
‘अपने २’ मा देओल परिवारका तीन पुस्ता धर्मेन्द्र, सनी देओल, बबी देओल र सनीका छोरा करण देओलको मुख्य भूमिका रहनेछ । पहिलो पटक देओल परिवारको तीन पुस्ताले फिल्ममा एकसाथ काम गर्न लागेको हो । करण देओलले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरेका थिए । अब उनले दोस्रो फिल्मको रुपमा ‘अपने २’ गर्न लागेका हुन् ।
 
अनिल शर्माको निर्देशनमा बन्ने फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म २०२१ को दिपावलीमा प्रदर्शनमा आउनेछ । बक्सअफिसमा असफल भएको ‘अपने’ लाई दर्शकले भने रुचाएका थिए । यसको सिक्वेलमा नयाँ पुस्ताको इमोसनलाई देखाइने निर्देशक शर्माले बताएका छन् । देओल परिवारको तीन पुस्तालाई एउटै फिल्ममा हेर्न निकै रोचक हुने देखिन्छ ।
Most Visited News (monthly)