Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिभीमा रिलिज हुँदै अनुप र साइव्रतको ‘छायाँ’

फिल्मीखबर, काठमाण्डौ, 2020/11/29
 
२०७२ सालको विशेष चलचित्र घोषणा भएको फिल्म ‘छायाँ’ टेलिभिजनमा हेर्न पाइने भएको छ । बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म मंसिर १६ गतेबाट डिस होममा रिलिज हुँदैछ । फिल्म हेर्नका लागि २२५ रुपैयाँ शुल्क तोकिएको छ । फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका हुन् । उनी गम्भीर विषयमा फिल्म बनाउने निर्देशकको रुपमा परिचित छन् ।
 
फिल्ममा प्रकाश घिमिरे, अनुप बराल, अरुणा कार्की, आशान्त शर्मा, साइव्रत आचार्य, प्रविना खड्कालगायतका कलाकारको अभिनय छ । फिल्ममा अनुप बरालले नकारात्मक भूमिका निर्वाह गरेका छन् । किशोरावस्थाका बालबालिकामा पर्ने मनोवैज्ञानिक असरमाथि फिल्म बनेको निर्देशक पण्डितले बताए । यो फिल्म बालबालिका र अभिभावकले हेर्नै पर्ने उनी बताउँछन् । 
 
फिल्मले अभिभावक र बालबालिका दुवै पक्षलाई सचेत गराउने निर्देशक पण्डितको विश्वास छ । उनी भन्छन्, ‘आफ्नो सन्तानलाई समय दिन नसक्ने बाबु आमाले फिल्म हेरेर केही शिक्षा पाउनेछन्’ । बृत्तचित्र ‘ग्रेटर नेपाल’ बनाएर चर्चामा आएका पण्डितले ‘दासढुंगा, बधशाला, खाग, लक्ष्य’ लगायतका फिल्म निर्देशन गरेका छन् । उनी निर्देशित प्रायः फिल्म फरक धारका छन् ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)