Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी विजयी

फिल्मीखबर, काठमाडौं, 2020/11/28
शनिवार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा निर्माता तथा निर्देशक आकाश अधिकारी विजयी भएका छन् । उनि वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा ४९ मत सहित विजयी भएका हुन् । मत परिणाम घोषणासँगै अधिकारी दोस्रो पटक महासंघको केन्द्रीय सदस्य बनेका छन् ।
 
 
जम्मा १०१ मतदान भएकोमा आकाशले ४९ मत प्राप्त गरी विजयी बनेका हुन् । आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७–७ जना निर्वाचित भएका हुन् ।
 
अधिकारी नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् । 
Most Visited News (monthly)