Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बलिउडमा इन्ट्री गर्दै साईं श्रीनिवास

एजेन्सी, मुम्बई, 2020/11/27
 
तेलुगू फिल्मका चर्चित अभिनेता साईं श्रीनिवास बेल्लमकोन्डा बलिउड फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्ने तयारीमा छन् । उनले आफ्नो बलिउड डेब्यूका लागि एस.एस. राजामौली निर्देशित तथा प्रभास अभिनीत सुपरहिट तेलुगू फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक रोजेका छन् । पेन स्टूडियोका सञ्चालक जयन्ती लाल गढाले यो फिल्मको निर्माण गर्नेछन् । साईंले फिल्म साइन गरिसकेका छन् ।
 
साईं श्रीनिवास बेल्लमकोन्डाले सुपरहिट एक्सन फिल्म ‘एल्लुडु सीनु’ बाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । अहिले उनी तेलुगू फिल्मका ठूला स्टार मानिन्छन् । उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाडेका छन् । तेलुगु इन्डस्ट्रीमा उनको जबरदस्त फलोइङ छ । उनको फ्यान फलोइङ देखेरै पेन इन्डियाले उनलाई लिएर बलिउड फिल्म बनाउन लागेको हो । 
 
फिल्मको बारेमा जानकारी दिँदै पेन स्टूडियोका जयन्ती लालले भनेका छन्, ‘फिल्मको कहानी सानदार छ । हामीलाई साउथका एक ठूला सुपरस्टार चाहिएको थियो, जसले यो कहानीलाई बलिउडमा पेश गर्न सकोस् । यही कारण हामीले बेल्लमकोन्डालाई साइन गरेका हौं । हामी यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छौं । फिल्मको कहानीमा केही परिवर्तन गरेर पेश गर्नेछौं ।’
Most Visited News (monthly)