Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको साथले वर्षाको यात्रा रोमाञ्चक

फिल्मीखबर, काठमाण्डौ, 2020/11/27
 
प्रेम सम्बन्ध सार्वजनिक गर्दा करिअर ध्वस्त हुने सोचाई कलाकारमा छ । यही डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् । कति भने प्रेम जीवन लुकाउन चाहँदैनन् । प्रियंका कार्की-आयुष्मान देशराज जोशी, वर्षा राउत-संजोग कोइराला, सौगात मल्ल-सृष्टि श्रेष्ठलगायतका जोडीले खुलेरै प्रेम व्यक्त गरे । तर, यहाँ प्रेम सम्बन्ध खुलाउनेभन्दा लुकाउनेको संख्या ठूलो छ ।
 
अभिनेत्री वर्षा सिवाकोटीले पनि करीब २ वर्ष प्रेम सम्बन्ध गोप्य नै राखिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा छिन् । गत वर्ष अमेरिका जाँदा सविनसँग उनको प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, यस विषयमा उनले कहिल्यै मुख खोलिनन् । यसपालीको दशैं मनाएर भेटघाटका लागि भन्दै अमेरिका पुगेकी उनले सविनसँगको प्रेम खुलेरै व्यक्त गरिरहेकी छन् ।
 
शुक्रवार आफ्नो फेसबुकमा सविनसँग बाइकमा लामो यात्रा गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘केही समय बाधा नै बाधाको यो लामो सडकमा म एक्लै थिएँ । यो समयमा एकसाथ यात्रा गर्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउनु पर्छ । यसका लागि तयार हुनुहोस् ।’ आफू लामो यात्रामा एक्लै भए पनि अब कसैको साथ पाएको वर्षाले उल्लेख गरेकी छन् ।
 
बाइक राइडिङका सौखिन सविन अमेरिकाको टेक्सासमा बस्ने गर्दछन् । अमेरिका पुगेपछि वर्षाले सविनसँँगै नै बढी समय विताउने गरेकी छन् । यसपटकको भेटले उनीहरुबीचको प्रेम झन् प्रगाढ बनेको छ । केही दिनमा नेपाल ओर्लिने तयारीमा रहेकी वर्षा यसपछि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । फिल्मको निर्माण टिम उनकै प्रतिक्षामा रहेको बुझिएको छ । 
 

Most Visited News (monthly)