Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जूहीले छाडेकी थिइन् ‘दिल तो पागल हे र राजा हिन्दुस्तानी’

एजेन्सी, मुम्बई, 2020/11/23
 
एक समय बलिउडमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री जूही चावलाले कयौं सुपरहिट फिल्म दिएकी छन् । त्यस्तै, उनकी समकालिन अभिनेत्री कर‍िश्मा कपूर पनि त्यसबेलाकी टप एक्ट्रेस थिइन् । दुवैले इन्डस्ट्रीमा आफ्नो अलग पहिचान बनाएका छन् । हालै एक अन्तर्वार्तामा जूही चावलाले आफूले रिजेक्ट गरेका दुई ब्लकबस्टर फिल्ममा कर‍िश्माले काम गरेको खुलाएकी छन् ।
 
टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले यश चोपडाको ‘दिल तो पागल हे र राजा हिन्दुस्तानी’ आफूले छाडेको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘यो कुरा फिल्म ‘डर’ पछिको हो । यश चोपडापछि शाहरुख खानले ‘दिल तो पागल हे’ को प्रस्ताव लिएर आएका थिए । यसपछि ‘राजा हिन्दुस्तानी’ को अफर भएको थियो । तर, समय व्यस्तताका कारण यी दुवै फिल्म गर्न सकिनँ ।’
 
जूहीले आफ्नो करिअरमा आमिर खानसँग कयौं हिट फिल्म दिएकी छन् । ‘हम हे राही प्यार के, इश्क, कयामत से कयामत तक, तुम मेरे हो, अन्दाज अपना अपना’ फिल्ममा उनीहरुले काम गरेका थिए । जूहीले शाहरुख खानसँग पनि थुप्रै सफल फिल्म दिएकी छन् । उनीहरुले अभिनय गरेका ‘डर, एस बोस, डुल्पिकेट, फिर भी दिल हे हिन्दूस्तानी, वन टू का फोर’ हिट भएका थिए ।
Most Visited News (monthly)