कति शितल हुन्थ्यो होला...
कति शितल हुन्थ्यो होला यदि तिमीले मलाई ,
नाङ्गै रुख सम्झी ओढाईदिएको भए छायाँ !
कति जाती हुन्थ्यो होला यदि तिमीले मसंग ,
दावा नगरी परिभाषित गरिदिएको भए माया !
खेर जाने छैन तिम्रो अहमको नै सहि दुई शब्द ,
जबकि उही शब्द भित्र म खोजिरहेकी छु तिम्रो माया !
सायद तिमी ज्ञाता हौला प्रेमको खण्ड काव्यको,
म विद्यार्थी भएर पनि गर्वले उठाइरहेकी छु तिम्रो माया !

