
फिल्मको पब्लिसिटी गर्ने तरिका सबैको आ-आफ्नै हुन्छ । यहि पब्लिसिटीको नयाँ फन्डा स्वरूप फिल्म 'थ्री लभर्स' युनिटले तिहार सकिए लग्गतै खुलामञ्चमा एक भव्य कन्सर्टको आयोजना गर्ने भएको छ ।
मंसिर २२ गतेका लागि आफ्नो रिलिज डेट फिक्स गरेको यो युनिटले आयोजना गर्न लागेको सो कन्सर्टमा चलेका गायकगायिकाहरूको प्रस्तुतीको साथमा फिल्मका कलाकारको पनि बिशेष प्रस्तुती रहने छ । एकै प्रकारको प्रचारप्रसार भईरहेको अवस्थामा नयाँ तरिका अपनाएको निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । यस्तै पब्लिसिटीकै लागि फिल्मको एक जम्बो टोली तिहार पछि नेपाल टुरमा समेत निस्कने भएको छ ।
थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको थ्री लभर्समा प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, सुमन गैरे, धिरेन्द्र राज थापा र पुजा शर्माको मुख्य अभिनय रहेको छ । सस्पेन्स थ्री लभस्टोरी यो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने निर्माताको रूपमा स्टोरी पोखरेल, सागर पोखरेल र प्रिन्स श्रेष्ठ रहेका छन् । बाबु बोगटी र राजन इशानको संगीत, पुरूशोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्धन्द निर्देशन रहेको छ भने करियोग्राफी कविराज गहतराज, शंकर बिसी र पुर्नम राईको रहेको छ ।