मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा धन वानको छायांकन हुने

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012/02/27

नेपाली चलचित्रहरुमा बिदेशी लगानीहरु पनि भित्रिन थालेको छ । यसै क्रममा कल्याण घिमिरेले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र 'धन वान' मा मलेसियामा रहेको गोल्डन मिडिया नेटवर्क एसडिएन विचएडिले पनि लगानी गर्ने भएको छ ।


मलेसिया र नेपालमा छायांकन हुने उक्त चलचित्रका अधिकाशं गीतका दृश्यहरु मलेसियामा छायांकन हुने छन् भने बाँकि दृश्यहरु नेपालमा छायांकन गरिने छ । किशोर रानाको निर्देशन रहने उक्त चलचित्रमा कल्याण घिमिरे, पुजना प्रधान, सुनिल थापा, निर शाह, सृजना वस्नेत, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय रहने छ । 

 

चलचित्रको कथा वोध विक्रमको रहेको छ भने संगीतकार चेतन सापकोटा रहनेछन् । स्वरुपराज आचार्य, अन्जु पन्त, संगीता राना, राजेश पायल राई लगायतका गायक गायिकाको स्वर रहने सो चलचित्रको अनुमानित लगानी एक करोड २० लाख रुपैया रहने क्वालालम्पुरमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराईयो ।


यसैविच चलचित्र श्रीमानको वुधवार क्वालालम्पुरमा प्रथम प्रदर्शन हुने भएको छ । मलेसियामा रहेका साथीहरुको अनुरोधमा श्रीमानलाई केहि स्थानहरुमा प्रदर्शन गर्ने तयारी गरिरहेको नायक तथा निर्माता कल्याण घिमिरेले जानकारी गराए ।