मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बढ्दैछ नरेशको अनुहारमा चमक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/01

निर्माता तथा निर्देशक नरेश पौडेल केही दिन यता निकै खुशी मुद्रामा भेटिन थालेका छन् ।



गएको श्रावण २८ गते प्रदर्शनमा आउने भनिएको उनको पाँचौ चलचित्र "दीप शिखा" एक महिना पर सरेपछी उनको अनुहारमा एका-एक चमक बढ्न थालेको हो  ।  कारण ?  आफ्नो पालोमा बिग  बजेटका अन्य चलचित्रहरू प्रदर्शनमा आएपनि तिनिहरूले खासै व्यापार गर्न नसकेपछी उनीमा एकाएक  खुशीको चमक बढ्न थालेको हो ।

पछिल्ला चरणमा प्रदर्शनमा आएका चलचित्र 'फष्ट लभ' बाहेक अन्य चलचित्र फल्यासब्याक, नाई न भन्नु ल, कानुन, साथै कोही मेरो को दर्शक प्रतिक्रिया पाएपछी  ती चलचित्र भन्दा आफ्नो चलचित्र निकै  राम्रो रहेको  संकेत पौडेलले गरेका छन् ।

 घुमाएर  फिल्मीखबरसंग कुरा गर्दै उनले भने "मेरो चलचित्र हेर्नुस  अनि थाहाँ पाईहाल्नु हुन्छ नी "   झण्डै तीन घण्टा लामो चलचित्र "दीप शिखा" मा दर्शकलाई राम्ररी बाध्ने प्रयास गरेको बताउदै पौडेलले बोर मानेर बीचबाटै दर्शक नउठ्ने दाबी समेत गरेका छन् ।

तीन घण्टासम्म दर्शकलाई एउटा बन्दहलमा बाधेर राख्नु कुनै चानचुने कुरा नभएको बताउदै पौडेलले अरूको नतिजा हेरेर आफुले प्राप्त गर्ने नम्बर अहिलेनै अडकल काटिसकेका छन् ।

आगामी भदौ २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र "दीप शिखा" त्रिकोणात्मक तर नारीप्रधान चलचित्र रहेको बताईएको छ । नायिका अरूणिमा लम्सालले लेखेको यस चलचित्रमा लम्सालसंगै  हयाण्डसमा नायक जीवन लुइटेल र निरज बराल प्रमुख भूमिकामा रहेका छन् ।