मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धत्तेरिका कोमलजी रैछ्यौ बदमास

फिल्मीखबर, काठमाण्डौ , 2010/09/01

लोक गायिका कोमल वलीलाई नचिन्ने सायदै होलान, अझ जव-जव तीजको मौसम आउँछ तब त उनलाई नचिन्ने कोही हुदैनन् । राम्रा र घतलाग्दा गीतका कारण त्यसै चर्चा पाउँने यि गायिकाले पछिल्लो पटक अर्को चर्चा बटुल्ने गजवको उपाय दोहोर्‍याएकी छिन् ।


गएको बर्ष "पोइला जान पाम. शिव पोइला जान पाम"  बाट चर्चा कमाउन सफल यि गायिकाले त्यो बर्षविवादमा रहेर जसरी चर्चा कमाएकी थिइन त्यसै गरि  यो बर्षपनि  उनले विवादका बीच नयाँ चर्चा कमाउने प्रयास गरिरहेको धेरैले अडकल काटिरहेका छन् ।

"बत्तीमा तेल थपेर, धेरै गरे पूजाआज ति म्रै नाउँ जपेर आखिरीमा बानायौ निराश धेत्तेरिका शिवजी रैछौ बदामास ।"  भन्ने उनको यो बर्षको तीज गीतले एकाएक चर्चा कमाउन थालेको छ ।

 कारण माथिको त्यो गीतको एक पङत्तिmमा शिवजीलाई बदमास भनिएपछी नेपाल टेलिभिजनले उनको सो गीतलाई १५ दिन यता प्रतिबन्ध लगाएको हो । गएको बर्षपनि यसरी नै प्रतिबन्धमा परेको उनको गीत   हल्लीखल्ली र  मिडियामा तातो समाचार, बनेपछी उनको एल्बमको बिक्रि राम्रो भएको थियो ।

यस्तै जब तीजको समय आउँछ त्यसरीनै उनको एल्बम पनि आउँछ र संगै उनको एल्बम विकाउ गर्ने स्क्याण्डल पनि मिडियामा तातो भएर आउँछ । गीतकार दण्डपाडी पाण्डले लेखेको सो गितलाई शिवजी प्रति अनास्था फैलाएको भन्दै प्रतिबन्ध लगाउने कुनै कारण भने देखिदैन् ।



यस्तै केही उच्च  सञ्चारकर्मी र स्टार भनिएका गायक गायिकाले पनि कोमल वलीको सो गीतलाई प्रतिबन्ध नभई मिडिया स्क्याण्डल भएको बताउदै आएका छन् ।

आफ्नो नाम नखुलाउने सर्तमा एक जना निकै चर्चित गायकले 'कोमल वली जस्तो गायिकाले  त्यसरी स्क्याण्डल मचाउने पर्ने कुनै कारण आफुले नदेखेको'  बताए । "उनी त्यसै चर्चामा आउन त्यस्तो नाटक गरेको"  ती गायकको भनाई छ ।उनी भन्छन् "कोमल वली आफैमा एक चर्चाको पात्र हुन स्क्याण्डल मचाउन कुनै जरूरी देख्दिन ।" 


 
हाल सम्म जम्मा ११ वटा एल्बम निकालेकी वलीको बदमास सहित तीजसम्बन्धी एल्बम भने ६ वटा पुगिसकेको छ ।  पहिलो तीजको एल्बम   भने  २०५८ सालमा उनले निकालेकी थिइन् ।  त्यसपछी क्रमश उनले तीजका एल्बम निकाल्दै आएकी हुन ।

रेडियो नेपालमा समाचार बाचिका समेत रहेकी वलीको प्रत्येक बर्ष भदौ  महिनामा निकाल्ने स्कयाण्डल लाई कतिपयले बलिउडका सेलिब्रेटीसंग उनलाई दाजि दिएका छन् । जसरी बलिउडमा सनो चर्चा कमाउन सेलिब्रेटीहरू मिडिया स्क्याण्डल निकाल्छन् त्यसैगरी उनले तीज सम्बन्धी आफ्नो गीतको बिक्री बितरण बढाउन यस्ता स्क्याण्डल मचाउन सुरू गर्न थालेका धेरैको भनाई छ ।



के-सिरिज म्यूजिक कम्पनीले निकालेको उनको पछिल्लो एल्बम बदमास लाई प्रसारण गर्न नेपाल टेलिभिजनले रोक लगाएपछी मंगलबार उनले त्यो प्रतिबन्ध फुकुवा हुनु पर्‍र्यो भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

 पत्रकार सम्मेलनमा 'कुनै पनि धर्म प्रति नकारात्मक भावना फैलाउने हेतुले नभै   आफ्ना भावना ब्यक्त गर्ने क्रममा बदमास शब्दको प्रयोग गीतमा प्रयोग गरिएको ' वलीको भनाई थियो । 'तीजको संघारमा नेपाल टेलिभिजनले आफ्नो एल्लब प्रतिबन्ध लगाएकाले मानसिक र आर्थिक क्षति समेत भएको'  भन्दै उनले प्रसारणमा प्रतिबन्ध भएको आफ्नो एल्बम फुकुवा हुनु पर्ने माग गरेकी छिन् ।