मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा प्रेगनेन्ट भएको आशंका

फिल्मीखबर, काठमाण्डौ, 2010/08/31

नायिका ऋचा घिमिरेलाई  आजकल धेरै टेनसन हुन थालेको छ । कारण ?  उनी प्रेगनेन्ट भईन अरे...

१० दिन अघि कगारूको देश  अष्ट्रेलियाबाट थप ७ किलो  वजन सहित नेपाल फर्किएकी नायिका ऋचाका नजिकका साथीहरू र केही चलचित्र कर्मीहरूले उनलाई  गर्भवती भएको प्रश्न गरेपछी  उनको दिमाग खराब भएको हो ।

साविकको तौल भन्दा सात किलो वजन बढेपछी उनको शरिर पहिलाको भन्दा केही भद्दा भएको छ । जसले गर्दा उनलाई धेरैले भद्दा देखिइस भन्दै गाली गर्न थालेका र केहीले प्रेगनेन्ट भईस भनेर अडकल समेत काटेका छन् ।  

नायिका रेखा थापालाई उनी मोटाएको मन परेको छ भने नायक भुवन केसीलाई उनी मोटाएको पट्टक्कै मन परेको छैन । केही दिन अघि भुवन को छैठौ  चलचित्र "साथी म तिम्रो" को डबिङमा नायक केसीले "ऋचा त साह्रै मोर्टाईस र नराम्री पनि भईस"  भनेका थिए ।

आफ्नो भद्दा शरिरको कारण  चौतर्फी नेगेटिभ कमेन्ट खेपिरहेकी ऋचा शरिरलाई पुरानै ढाचामा ल्याउन कडा ब्ययाम गर्न थालेकी छिन् ।

यस्तै शरिरको साइज घटाउन  ६ दिन देखि  मर्निङ वाक गर्दै आएकी ऋचाले तीन दिन यता आफ्नो ब्ययामलाई अझ कडा बनाउदै लगेकी छिन् ।

दैनिक बिहान ६ बजे देखि १ घण्टा उनी पशुपतिको मृगस्थली पुगी विभिन्न ८ शिर्षकको  व्ययाम गर्छिन भने मृगस्थलीमा रहेको विश्वरूपको मन्दिरलाई दौडेर ५ पटक परिक्रममा गर्न थालेकी छिन् ।

व्ययाम गर्दै गरेको अवस्थामा मंगलबार बिहान मृगस्थलीमा भेटिएकी नायिका घिमिरेले    'मोटाएको आफ्नो शरिर देखेर सवैले कमेन्ट गरे अनि एक्ससाइज गर्न सुरू गरेको'  बताइन् । यध्पी आफ्नो शरिर मोटाएको मात्र हो  भन्दै उनले प्रेगनेन्ट चाहि नभएको खुलस्त पारिन  ।