मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउडमा स्टार निर्देशक बन्न खोज्दै छन् निरज

फिल्मीखबर, काठमाण्डौ, 2010/08/29

जनकपुर अञ्चल  मनहरा कट्टी गाविसका २८ बर्षे  निर्देशक निरज राज  पौडेल बलिउडमा करियर बनाउने तयारीमा जुटेका छन् ।

हाल बलिउडमा नयाँ पहिचान खोज्दै गरेका पौडेलले डकुमेन्ट्री समेत राम्रो निर्देशन  गर्छन । "मृत्युलाई निमन्त्रणा"  नाम दिएर बनाएको डकुमेन्ट्रबाट उनले   अमेरिकामा आयोजित पाफ फिल्म फेष्टीवलमा बेष्ट कन्सेप्ट डिरेक्टर अवार्ड समेत जितेका थिए ।

डकुमेन्ट्री उत्कृष्ट भएकाकारणले निरजले हलिउड र बलिउडका विभिन्न प्रोडक्सन कम्पनीहरूमा काम गर्ने अफर पनि पाएका छन् । जस अनुरूप हलिउड र बलिउडसंग सम्बन्धीत ड्रिम प्रोडक्सन एण्ड मिडिया इन्टरटेनमेन्ट कम्पनीमा उनी आबद्ध समेत भएका छन् ।

बलिउडका टप लिस्टेड फिल्म मेकर भिपुल शाह तथा रमेश चन्द्र सिंघानियासंग मिलेर उनले तेस्रो लिङ्गीको बिषयमा आधारित  भोजपुरी चलचित्र  इट डजन्ट म्याटर निर्देशन गरेका छन् । यस्तै उनी अर्को सांगीतिक भोजपुरी चलचित्र "उमरिया बेस" मा आकाक्षा राय संग लिड रोलमा पनि देखापर्देछन्  ।

गायक समेत रहेका निरज बलिउडमा ठूलो स्ट्याबलिस हुनुको अलवा नेपाली चलचित्र निर्माणमा  पनि चाडै जुट्दैछन्  । हाल सिंगापुरमा रहेका एक जना निर्माता बसु आचार्यको चलचित्र फुलको निर्देशन  गर्ने तयारीमा जुटेका निर्देशक पौडेल हाल भने अमेरिकामा गायक यम बरालसंग लाईभ कर्न्सटमा व्यस्त छन् ।